हिमाल दैनिक
नेपालमा फेरी पेट्रोलियम पदार्थको मुल्य बढेको छ। आइतबार नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टीतेलको मुल्य एक/एक रुपैयाँले बढाएको हो। निगमका अनुसार आज राति १२ बजेबाट पेट्रोलको मुल्य प्रति लिटर १०५ रुपैयाँ २५ पैसा, डिजेल र मट्टितेलको मूल्य प्रति लिटर ९१ रुपैयाँ लागु हुनेछ । साउन १८ गते दुई-दुई रुपैयाँले बढेको पेट्रोलियम पदार्थ १३ दिन पछि फेरी बढाएको छ। पेट्रोल, डिजेल र मट्टीतेलको मुल्य बढे पनि खाना पकाउने एलपी ग्यास र हवाई इन्धनको मुल्य भने यथावत नै रहेको निगमले जनाएको छ।
प्रकाशित मिति: शनिबार, साउन ३१, २०७७
प्रतिक्रिया दिनुहोस्
Weather Update