भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने ऋषि पञ्चमी आइतबार नेपाली नारीहरुले अरुन्धती सहित सप्त ऋषिको पूजा आराधना गरी मनाएका छन् । ऋषि पञ्चमी महिलाले बिहानै उठेर नजिकको नदी, खोला, ताल, तलैया र पोखरीमा गई ३६५ वटा दत्तिवनले दाँत माझ्ने, गाईको गोबर, माटो र खरानी लगाई स्नान गर्दछन् ।
तर यस पटक कोरोना महामारीका कारण घरमै नेपाली नारीहरुले ऋषि पञ्चमी मनाएका हुन् । हरितालिका (तीज) को व्रत एवं पूजा आराधना महिला पुरुष दुवैले गर्ने शास्त्रीय वचन रहेपनि ऋषि पञ्चमी कर्म भने महिलाका लागि मात्र गर्नुपर्ने शास्त्रीय वर्णन रहेको छ ।
अरुणन्धतीसहित सप्तऋषि कस्यप, अत्री, भारद्वाज, वशिष्ठ, जमदग्नी, गौतम र विश्वामित्रको पूजा आराधना गरी तीज व्रत समापन गर्ने प्रचलन छ । रजस्वला भइसकेका नारीहरुले भविष्य पुराणका अनुसार ब्रह्म हत्याको पापमुक्ति तथा रजस्वला भएका अवस्थामा जानी–नजानी भए गरेका पापजन्य कार्यबाट मुक्ति मिलोस भन्नाका लागि सप्तऋषिको पूजा गर्ने प्रचलन रहेको छ ।
प्रकाशित मिति: शनिबार, भदौ ६, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय