हिमाल दैनिक
चीनमा रेस्टुरेन्ट भत्किँदा १७ जनाको मृत्यु
China-restaurant
काठमाडौं उत्तर चीनको साङ्सी प्रान्तको लिन्फेन शहरमा रहेको एउटा रेस्टुरेन्ट भत्किँदा १७ जनाको मृत्यु भएको छ। स्थानीय अधिकारीहरूलाई उद्धृत गर्दै चिनियाँ समाचार एजेन्सी सिन्ह्वाले जनाएअनुसार अरू २८ जना घाइते भएका छन् ।
स्थानीय सरकारी अधिकारीले घटना लिनफेन शहरको जियाङफेन गाउँमा बिहान ९ बजेर ४० मिनेट जाँदा भएको बताएका छन्।
न्युज एजेन्सी सिन्हवाका अनुसार भवन दुई तल्लाको थियो। साँझ सात बजेसम्म भवनमा दब्बिएका ४५ जनालाई बाहिर निकालिएको थियो।
घाइते २८ मध्ये ७ जनाको अवस्था गम्भीर भएको बताइएको छ। घटनाको कारण अझै पत्ता लागेको छैन।
प्रकाशित मिति: शनिबार, भदौ १३, २०७७
प्रतिक्रिया दिनुहोस्
Weather Update