गत साउन ३० गते बिहान जुगल गाउँपालिका–२ लिदीमा गएको पहिरामा ज्यान गुमाउनको सङ्ख्या ३६ पुगेको छ । थप तीन जनाको शव आज भेटिएको हो । पहिरामा अझै तीन जना बेपत्ता छन् । यसअघि ३३ जनाको शव भेटिएको थियो ।
दुई पुरुष र एक महिलाको आज शव फेला परेको प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए । आज प्रकाश दोङ, साइली दोङ र आयुष दोङको शव फेला परेका हो । हराइरहेकाको खोजी जारी रहेको बताइएको छ ।
प्रकाशित मिति: आइतबार, भदौ १४, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय