हिमाल दैनिक
पोखरा-१५ मा ७ प्रहरी जवानमा देखियो कोरोना
pokhara-15 no wada police
पोखरामा थप १६ जनामा कोरोनाको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य निर्देशनालयका अनुसार पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरा र क्षयरोग उपचार केन्द्र पोखरा भएको परिक्षणमा एक महिला र १५ जना पुरुषमा कोरोनाको संक्रमण देखिएको हो। संक्रमितहरुमध्य ७ जना पोखरा-१५ मा कार्यरत प्रहरी हरु रहेका छन्। त्यस्तै १२ नं वडामा एक महिला, १० नं वडामा ३ पुरुष, २७ नं वडामा २, १४ नं वडामा १ पुरुष, ५ मा १ पुरुष र ३० नं वडामा १ जनामा संक्रमण देखिएको छ। त्यस्तै अन्य ६ जिल्लामा २४ जनामा पनि कोरोना को संक्रमण देखिएको छ। तनहुँको भानु र म्याग्देका एक/एक जना महिला, लमजुङको मध्यनेपालका एक जना पुरुष, राईनाशका एक जना महिला एक जना पुरुष, स्याङजाको कालिगण्डकीका एक जना पुरुष, बागलुङका ताराखोलाका एक जनामा पुरुषमा कोरोना संक्रमण देखिएको स्वास्थ्य निर्देशनालय गण्डकीका निर्देशक डा विनोदविन्दु शर्माले जानकारी दिए । त्यस्तै नवलपुरको गैंडाकोटका ५ जना महिला र ११ जना पुरुष, देवचुलीका एक जना पुरुषमा कोरोना देखिएको शर्माले जानकारी दिए । गण्डकी प्रदेशमा अहिले सम्म २ हजार ३ सय ५२ जनामा कोरोना संक्रमण देखिसकेको छ । जसमध्ये १ हजार ७ सय ६६ जनामा निको भएर घर फर्किएका छन् भने अहिले गण्डकी प्रदेशमा कोरोनाबाट १८ जनाको ज्यान गएको छ ।
प्रकाशित मिति: बिहीबार, भदौ १८, २०७७
प्रतिक्रिया दिनुहोस्
Weather Update