आज देशभर सामान्यतया बदली रही केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिउँसाे प्रदेश- १, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भने भारी वर्षा हुन सक्ने छ ।
आज राति प्रदेश- १, प्रदेश- २, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसमविद् विभूती पोखरेलले जानकारी दिइन् । उनका अनुसार भोलि प्रदेश- १, बागमती, गण्डकी प्रदेश र प्रदेश- ५ का केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।
सोमबार राति देशभर प्रदेश- १, बागमती, गण्डकी प्रदेश र प्रदेश- ५ का केही स्थानमा भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।
भारी वर्षाको सम्भावना रहेका क्षेत्रका नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा भू-क्षय हुने, पहिरो जाने, ढल र पानीको राम्रो निकास नभएको ठाउँमा डुबान हुनसक्ने भएकाले आवश्यक सतर्क हुन विभागले आग्रह गरेको छ ।
प्रकाशित मिति: शनिबार, भदौ २०, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय