हिमाल दैनिक
आकाशमा उड्ने प्लेन आज काठमाडौँको बाटोमा गुडेर आयो(भिडियो सहित)
nepali-army plane
विमान उड्नु कुनै आश्चर्य होइन। तर विमान गाडी गुड्ने सडकैसडक गाडीलाई पछ्याउँदै गुड्नु भने अनौठो मानिन्छ। यस्तै अनौठो दृश्य काठमाडौंका सडकमा पनि देखियो। सडकमा विमान नै गुडेपछि थाहा पाउने जतिले हेर्ने उत्सुकता व्यक्त गर्ने नै भए। धेरैले यो विमान सडकमा आकस्मिक रूपमा अवतरण गरेको पो हो कि भनेर जिज्ञासा पनि राखे। विमान कहाँबाट कसरी आयो? किन काठमाडौंका सडकमा गुड्यो भनेर हामीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सोधिखोजी गर्‍यौं। विमानस्थलमा अपरेसन विभागका निर्देशक देव चन्द्रलाल कर्णका अनुसार अनुसार विमान कुनै आपत्कालीन रुपमा सडकमा अवतरण गरिएको होइन। त्रिभुवन विमानस्थलमा राखिएको नेपाली सेनाको एभ्रो विमानलाई नारायणहिटीमा संग्रहालयमा राख्नका लागि लैजान लागिएको थियो। सरकारले पूर्व राजाहरूले भ्रमणमा प्रयोग गरेका विमानलाई नारायणहिटी संग्रहालयमा राख्ने निर्णय गरेपछि यसलाई त्यसतर्फ लैजान लागिएको थियो। नारायणहिटीमा ल्याउने क्रममा विमानका पंखाहरु भने खोलिएको थियो। यो विस २०३१ सालमा खरिद गरिएको एभ्रो विमान हो। विमानलाई सेनाको गाडीले तानेको थियो।
प्रकाशित मिति: शुक्रबार, भदौ २६, २०७७
प्रतिक्रिया दिनुहोस्
Weather Update