हिमाल दैनिक
सिन्धुपाल्चोकको राम्चे केन्द्रबिन्दु बनाएर बुधबार बिहानै ६ रेक्टर स्केलको भूकम्प
1588932098Earthquake
काठमाडौँ- सिन्धुपाल्चोकको राम्चेलाई केन्द्रबिन्दु बनाएर बुधबार बिहानै ६ रेक्टर स्केलको भूकम्प गएको छ। भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीका अनुसार यो २०७२ सालकै भूकम्पको परकम्प हो। बिहान पाँच बजेर १९ मिनेटमा सिन्धुपाल्चोकको राम्चे केन्द्रविन्दु भई ६ म्याग्निच्यूडको भूकम्प गएको उनले स्पष्ट पारे। २०७२ साल वैशाख १२ गते गएको ७.८ म्याग्निच्यूडको शक्तिशाली भूकम्पपछि पाँच वर्षदेखि नै परकम्पहरु आइरहेका छन्। भूकम्पको धक्का महसुस भएपछि काठमाडौँलगायत सिन्धुपाल्चोक र काभ्रेका स्थानीयहरुले सामाजिक सञ्जालमा यसबारे जानकारी गराएका थिए। सर्वसाधारणहरु भूकम्पको धक्कापछि आत्तिँदै घरबाहिर निस्केका थिए। भूकम्पबाट भएको क्षतिको विवरण आइसकेको छैन।
प्रकाशित मिति: मंगलबार, भदौ ३०, २०७७
प्रतिक्रिया दिनुहोस्
Weather Update