लन्डन| तीन जना चिकित्सकको टोली र एक रोबोट मिलेर क्यान्सरको शल्यक्रिया गरिएको छ । कुनै पनि क्यान्सकरो बिरामीको यस किसिमको यो पहिलो शल्यक्रिया हो । रिपोर्टका अनुसार यो अनौठो प्रयोगका कारण बिरामीको सुधारको समयमा एक तिहाईले कमी आएको छ ।
बेलायतको राष्ट्रिय स्वास्थ्य सेवाको नोरफोक एन्ड नरविच युनिभर्सिटी हस्पिटलका चिकित्सकहरुले शल्यक्रियाको तीन चरण एकै पटक पुरा गर्ने पैmसला गरेका थिए । यसका लागि उनीहरुले ३ टोली र रोबोटले एकै पटकमा शल्यक्रियाको प्रक्रिया सुरु गरेका थिए ।
डेली मेलमा प्रकाशित रिपोर्टका अनुसार चिकित्सकले एडभान्स्ड रेक्टल क्यान्सरसँग जुझिरहेका ५३ वर्षका बिरामीको शल्यक्रियाको काममा प्रयोग गरेको रोबोटको नाम दा भिन्सी थियो । रोबोटको चारवटै हातमा शल्यक्रियाकाल लागि प्रयोग हुने उपकरण राखिएको थियो र यसलाई चिकित्सकले जोयस्टिक तथा थ्रीडी स्क्रीनको माध्यमबाट नियन्त्रण गरिएको थियो । यो रोबोटको मूल्य १५.२ करोड रुपैयाँ थियो ।
यो शल्यक्रिया जुलाईमा गरिएको थियो । तर यो सँग सम्बन्धित जानकारी हालै मात्र प्रकाशित गरिएको हो । शल्यक्रियामा कुल १४ चिकित्सकले सहभागिता जनाएका थिए ।
प्रकाशित मिति: आइतबार, असोज ४, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय