हिमाल दैनिक
ढलको पानी छिर्दा भरतपुर अस्पताल जलमग्न
bharatpur-jalmagna-1
चितवन । निरन्तरको वर्षाले ढलको निकास नहुँदा चितवनको भरतपुर सरकारी अस्पताल जलमग्न भएको छ । अस्पताल परिसर र विरामी उपचार कक्षमा पानी पसेको छ । अस्पतालको आकस्मिक कक्षलगायतका विभिन्न वार्डभित्र पनि पानी पसेको छ । ढल निकासका लागि महानगरपालिकाले दीर्घकालिन समाधान नगर्दा विरामी र चिकित्सक दुवैले सास्ती खेप्नु परेको छ । पानी पसेपछि बिरामी वेडमै बस्न वाध्य छन् भने चिकित्सकहरु बुट लगाएर विरामीको उपचारमा खटिएका छन् । अगाडिको सडक कालोपत्रे भएको र अस्पतालको सतह सडकभन्दा तल रहेकाले भेल छिरेर अस्पताल जलमग्न भएको हो ।
प्रकाशित मिति: बिहीबार, असोज ८, २०७७
प्रतिक्रिया दिनुहोस्
Weather Update