हिमाल दैनिक
विदेशबाट ८० हजार १६ नेपाली स्वदेश फर्किए
1601084735
कोभिड–१९ विश्वव्यापी सङ्क्रमणबाट उत्पन्न असहज परिस्थितिका कारण विदेशमा अलपत्र परेका हालसम्म ८० हजार १६ नेपाली नागरिक हवाई जहाजमार्फत स्वदेश फर्किएका छन् । कोभिड–१९ सङ्कट व्यवस्थापन सञ्चालन केन्द्र (सीसीएमसी) का अनुसार शनिबारसम्म ३२ मुलुकबाट सो सङ्ख्यामा नागरिक मुलुक फर्किएका हुन। स्वदेश फर्कनेमा सबैभन्दा बढी संयुक्त अरब इमिरेट्सबाट २३ हजार २ सय ३७ जना छन् भने सबैभन्दा कम श्रीलङ्काबाट पाँच जना रहेका छन् । उनीहरु अधिकांश रोजगारीका लागि र केही अध्ययन, तालिम प्रशिक्षण, उपचार र परिवारिक भेटघाटका सिलसिलामा विदेश गएका थिए । केन्द्रका अनुसार हालसम्म साउदी अरेबियाबाट १२ हजार ३ सय ८१, मलेशियाबाट ११ हजार ६ सय ५१, कतारबाट ११ हजार १ सय ५०, कुवेतबाट आठ हजार ४ सय ७८, जापानबाट एक हजार ७ सय ५४, दक्षिण कोरियाबाट एक हजार ४ सय ४७, ओमनबाट एक हजार ३ सय २५, बहराइनबाट एक हजार २ सय ७४, अष्ट्रेलियाबाट एक हजार ९१, टर्कीबाट ९ सय ३६, बङ्गलादेशबाट ८ सय ८८, माल्दिभ्सबाट ८ सय ५३, सिङ्गापुरबाट ५ सय ५५,  अमेरिकाबाट ४ सय ३०, चीनबाट ३ सय ३३ र जोर्डनबाट ३ सय १७ नेपाली स्वदेश फर्किएका हुन् । स्वदेश फर्कनेमा प्रदेश १ का १४ हजार ६ सय ११, प्रदेश २ का १२ हजार तीन, वाग्मती प्रदेशका १८ हजार २ सय ६४, गण्डकी प्रदेशका नौ हजार ३०, प्रदेश ५ का ११ हजार ६ सय ११, कर्णाली प्रदेशका एक हजार ५ सय २५ र सुदूरपश्चिम प्रदेशका एक हजार ७ सय ४५ जना रहेको केन्द्रले जनाएको छ । फर्किनेमध्ये ११ हजार २ सय २७ जनाको भने प्रदेश विवरण प्राप्त नभएको जनाइएको छ ।
प्रकाशित मिति: आइतबार, असोज ११, २०७७
प्रतिक्रिया दिनुहोस्
Weather Update