सरकारले उपत्यकासहित अन्य जिल्लामा सार्वजनिक सवारी साधन सञ्चालन गर्न अनुमति दिएको छ । बिहीबार सिंहदरबारमा मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता डाक्टर युवराज खतिवडाले काठमाडौं उपत्यकाका तीनै जिल्लामा सार्वजनिक सवारी साधन सञ्चालन गर्न सरकारले अनुमति दिएको जानकारी दिए ।
अन्य जिल्लामा पनि जिल्लाभित्र मात्रै सार्वजनिक सवारी साधन सञ्चालन गर्न पाइने व्यवस्था गरिएको उनले बताए । चालकसहित सिट क्षमताको ५० प्रतिशत यात्रुमात्रै बस्न पाउने व्यवस्था गरिएको छ । यात्रु सबैले मास्क लगाउनु पर्ने र गाडीमा स्यानिटाइजरको व्यवस्था गर्नुपर्ने सरकारले जनाएको छ ।
एक पंक्तिमा एकजना बस्ने गरी सवारी साधनको क्षमताको ५० प्रतिशत यात्रु मात्रै राख्न पाउने जनाइएको छ । यस्तै, ट्याक्सी पनि सञ्चालन गर्न दिने निर्णय भएको छ । ट्याक्सी बाहेकका अन्य सार्वजनिक सवारी साधनमा यात्रा गर्ने यात्रुहरुलाई ५० प्रतिशत थप भाडा लिन पाउने व्यवस्था गरिएको प्रवक्ता खतिवडाले जानकारी दिए ।
त्यस्तै उनले भारतीय मिडियामा नेपाल विरोधी आएको समाचारको कानुनी उपचार खोज्न सकिने बताए । मन्त्री खतिवडाले भारतीय मिडियामा आएका समाचारका विषयमा कुटनीति तबरबाट कुरा हुनसक्ने भन्दै भारतीय मिडिया आफैं अनुशासित हुनुपर्ने सुझाव दिए ।
त्यस्तै असार २२ गते बसेको मन्त्रिपरिषद् बैठकले गरेको निर्णयबारे जानकारी दिदै उहाले नेपाल रेडक्रस सोसाइटीलाई सात दिनभित्र स्पष्टीकरण दिन निर्देशन दिएको छ । व्यपाारिक माग सुधारका लागि बिश्व बैंकबाट ५४ अर्व ऋण सहायता र शहरी क्षेत्रको पूर्वाधार आयोजनाका लागि १८ अर्व ऋण सहायता स्वीकार गर्ने निर्णय गरेको छ ।
कृषि अनुसन्धान परिषद् (नार्क)का प्रमुख नियुक्तीकालागि कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव राजेन्द्र भारीको संयोजकत्वमा ३ सदसीय सिफारिस समिति गठन गरिएको प्रवक्ता खतिवडाले बताए ।
मन्त्रि परिषदको निर्णयहरु :
प्रकाशित मिति: सोमबार, असार २२, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय