हिमाल दैनिक
नवनियुक्त प्रहरी महानिरीक्षक क्षेत्रीलाई दज्र्यानी चिह्न प्रदान
igp-sailesh-thapa-chettri
गृहसचिव महेश्वर न्यौपानेले नवनियुक्त प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीलाई दज्र्यानी चिह्न प्रदान गरेका छन् । यसअघिका प्रहरी महानिरीक्षक ठाकुरप्रसाद ज्ञवालीले ३० वर्षे उमेरहदका कारण अवकाश लिएकाले सरकारले उनलाई प्रहरी महानिरीक्षकमा बढुवा गरेको हो । गृह मन्त्रालयमा बिहीबार आयोजित एक सामारोहका बीच दज्र्यानी चिह्न प्रदान गर्दै गृहसचिव न्यौपानेले कानूनको परिपालनामा थापाको कार्यकालमा उच्च व्यावसायिकता प्रदर्शन हुने विश्वास व्यक्त गरे । कानूनको पालनाका सन्दर्भमा निर्मम हुन आग्रह गर्दै उनले गलत प्रवृत्तिविरुद्ध ‘हिट’ गर्न निर्देशनसमेत दिए ।प्रहरी जनतामा घुलमिल हुने सङ्गठन भएकाले प्रहरीमा नागरिकमैत्री व्यवहार हुनुपर्नेमा उनले जोड दिए । https://www.facebook.com/himaldainik/videos/557014568326418 प्रहरी सङ्गठनमा एकढिक्का बनाएर लैजानुपर्ने, मनोबल र सेवा सुविधा बढाउनुपर्ने, कानूनको परिपालनालाई प्रभावकारी बनाउनुपर्ने चुनौती रहेका उहाँले बताए । नवनियुक्त प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीयले देश, जनता र सरकारको निःस्वार्थ सेवाका लागि प्रतिबद्ध रहेको बताए । उनले कानूनले तोकिएको जिम्मेवारी इमान्दारितापूर्वक निभाउने विश्वास दिलाए । उनले जीवनमै नसिकेको स्वास्थ्य महामारीको चपेटामा मुलुक रहेकाले सङ्क्रमण रोक्न सिक्दै अघि बढ्ने बताए । प्रहरी समायोजनलाई सही निष्कर्षमा पु-याउनेसमेत उनले प्रतिबद्धता जनाए।
प्रकाशित मिति: सोमबार, असार २२, २०७७
प्रतिक्रिया दिनुहोस्
Weather Update