हिमाल दैनिक
नेकपा नेता एवं राष्ट्रियसभामा नेकपा संसदीय दलका नेता दिनानाथ शर्माले बुधबारसम्म पार्टीभित्र देखिएको विवाद अन्त्य हुने र स्थायी कमिटी बस्ने दाबी गरेका छन् । मंगलबार संञ्चारकर्मीसंग कुरा गर्दै नेता शर्माले विवाद समाधानका लागि अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल प्रचण्डबीच निरन्तर छलफल भइरहेको भन्दै बुधबार बिहानसम्म निकास निस्कने बताएका हुन् । उनले बुधबारको स्थायी कमिटी स्थगीत नहुने पनि बताउनुभयो । नेता शर्माले अहिलेको अवस्थामा पार्टी कुनैपनि हालनमा नफुट्ने तर्क गरे । नेताहरुको कार्यबिभाजन लगाएत नमिलेका बिषयहरुलाई शिर्ष नेताहरुले मिलाउने पार्टीलाई एकतावद्ध भएर लैजाने उनको भनाई छ । शर्माले अहिलेको अवस्थामा एकजुट भएर मुलुकमा देखिएका समस्या समाधानमा केन्द्रीत हुनुपर्ने धारणा राखे।
प्रकाशित मिति: शनिबार, असार २०, २०७७
प्रतिक्रिया दिनुहोस्
Weather Update