संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले पहिलेजस्तो सवै कुरा ठप्प पारेर लकडाउन नहुने बताएका छन्। मंगलबार पशुपती मन्दीरको दक्षिणद्धारको उद्घाटन गर्दै मन्त्री भट्टराईलाई जनजिवन समान्य पारेर र आर्थिक क्रियाकलापलाई सहज पार्दै कोरोना नियन्त्रण र रोकथामको प्रयास भइरहेको बताएका हुन् ।
उनले स्वास्थ्य मन्त्रालयले जारी गरेको निर्देशीका सवैले पालना गरे कोरोना नियन्त्रण हुने विश्वास पनि व्यक्त गरे । उनले लाखौ मानिस बेरोजगार हुन थालेको भन्दै यातायात क्षेत्र र कलकारखाना छिटै सामान्य रुपमा खुल्ने बताए । त्यस्तै मन्त्री भट्टराईले पशुपती क्षेत्रको सुन्दरता मार्फत भक्तजनहरुलाई धार्मिक र पवित्र तिर्थस्थलमा प्रवेश गरेको अनुभूति दिने गरी पशुपति क्षेत्रको विकास गर्न लागिएको धारणा पनि राखे । पशुपती क्षेत्रको समग्र विकासका लागि गुरु योजना तयार पारिएको उनको भनाई छ ।
त्यस्तै पशुपती क्षेत्र विकास कोषका सदस्य सचिव डा. प्रदीप ढकालले पशुपती क्षेत्रको सौन्दर्यता कायम गर्न गुरुयोजना तयार भइरहेको र यसलाई विश्वमा नै हिन्दुहरुको प्रमुख तिर्थस्थलको केन्द्रको रुपमा विस्तार गरिने बताए ।
पाशुपत क्षेत्रमा प्रवेश गर्न पशुपति क्षेत्र विकास कोषले कलात्मकद्वार निर्माण गरेको हो । कोषले एसबीआई बैंकको लगानीमा सुमार्गी भवनछेउमा निर्माण गरेको उक्त द्वार यस्तो कलाकृतिमा पहिलो भएको जनाइएको छ । सोही अवसरमा बैंकले कोषलाई मन्दिरपरिसर सरसफाईका लागि ब्रुमरको साँचो हस्तान्तरण गरेको थियो । उद्घाटनअघि मन्त्री भट्टराईले कैलाश उमाकुण्डमा वृक्षरोपण गरेका थिए ।
प्रकाशित मिति: शनिबार, असार २०, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय