सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड बीच भएको मंगलबार पनि छलफल भएको छ ।
झण्डै तीन घण्टा चलेको छलफलमा बुधबार स्थायी कमिटी चलाउने सहमति भएको छ । दुई अध्यक्ष बीचको भेटवार्ता सकारात्मक भएको र बुधबार स्थायी कमिटी बैठक चलाउने सहमति भएको संयोजक प्रचण्डका प्रेस संयोजक बिष्णुप्रसाद सापकोटाले जानकारी दिए । त्यसअघि पुन ओली र प्रचण्डबीच छलफल हुने बताइएको छ ।
१८ असारमा प्रधानमन्त्री ओलीले संसद अधिवेशन अन्त्य गरेपछि स्थायी कमिटी बैठक अनिश्चित हुँदै आएको छ । पटक पटक स्थगित बैठक बुधबार बोलाइएको छ ।
प्रधानमन्त्री ओलीले भारतीय दूतावास आफूलाई हटाउन सक्रिय भएको र नेपालकै नेताहरुले राजीनामा मागेको अभिव्यक्ति दिएपछि नेकपाभित्रको विवाद उत्कर्षमा पुगेको छ । १६ असारको स्थायी कमिटीमा प्रधानमन्त्री र अध्यक्ष दुवै पदबाट ओलीले राजीनामा दिनुपर्ने नेताहरुले दबाव दिएका थिए ।
प्रकाशित मिति: शनिबार, असार २०, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय