हिमाल दैनिक
नेपाली कांग्रेसका पूर्व महामन्त्री एवं पूर्व सभामुख तारानाथ रानाभाट र नेपाली कांग्रेस कास्कीका सचिव देवेन्द्र रानाभाट, खिलेन्द्र रानाभाट र सुरेन्द्र रानाभाटलाई मातृशोक परेको छ । रानाभाटकी आमा खीमकुमारी रानाभाटको १०० वर्षको उमेरमा आज मंगलबार बिहान निधन भएको हो । लामो समय सम्म बिरामी भएकी रानाभाट आज बिहान ८ :२६ मा पोखरा २६ आफ्नै निवासमा  मृत्यु भएको पारिबारिक स्रोतले जानकारी दिए। उनि र उनको श्रीमान स्व. नारायण दत्त रानाभाट प्रजातन्त्रका सेनानी थिए। उनको पतिको झन्डै डेढ दशकअघि निधन भएको थियो। लामो समयदेखि अशक्त अवस्थामा रहेकी खीमकुमारीले नेपाली कांग्रेसको राजनीति र प्रजातन्त्रका लागि भएका पटक पटकका आन्दोलनमा महत्वपूर्ण योगदान गरेकी थीइन आमाकै प्रेरणाले छोराहरुलाई राजनीतिमा अगाडी बढ्न सहज भएको थियो । उनको दाहसंस्कार दिउसो २ बजे पोखराको रामघाटमा गरिने स्रोतले बताए। उनको ४ छोरा र २ छोरी छन्।
प्रकाशित मिति: शनिबार, असार २०, २०७७
प्रतिक्रिया दिनुहोस्
Weather Update