मेलम्ची खानेपानी आयोजनाको सुरुङमार्गको परीक्षण शुरु गरिएको छ । आइतबारदेखि अस्थायी बाँधमार्फत करीब २७ किमी लामो सुरुङमार्गमा पानी पठाएर परीक्षण शुरु गरिएको खानेपानी मन्त्रालयले आइतबार सिंहदरबारमा पत्रकार सम्मेलन गरेर जानकारी दिएको हो ।
पत्रकार सम्मेलनमा खानेपानी मन्त्री बीना मगरले ठूलो चुनौतीसँग जुधेर आयोजनाको अधिकांश काम सम्पन्न भएको बताईन । उनले आयोजनाको उद्घाटन छिटै गरिने पनि जानकारी दिईन । मन्त्री मगरले निराशालाई चिरेर मेलम्चीले आशा सिर्जना गरेको र घरघरमा मेलम्चीको पानी पुग्ने दिन टाढा नभएको बताईन ।
https://www.facebook.com/himaldainik/videos/729116047915074/?t=8
परीक्षणको काम सक्न १५ देखि २० दिन लाग्न सक्ने अनुमान गरिएको छ । अस्थायी बाँध बनाएर मेलम्ची खोलाको पानी सुरुङमा हालिएपनि हेडवक्र्सको काम भने सकिएको छैन । पत्रकार सम्मेलनमा मन्त्री मगरले मेलम्ची खानेपानी आयोजनाले विभिन्न प्रश्नहरु सिर्जना गर्ने काम गरेको बताउँदै यो कामले थुप्रै प्रश्नहरुको जवाफ दिएको बताईन । सरकारकाले वर्षैंदेखि पूरा गर्न नसकेको आयोजना पूरा हुने दिशातर्फ गएको भन्दै मन्त्री मगरले आफूलाई यो विषय जनतामाझ ल्याउन पाउँदा खुसी भएको उल्लेख गरिन् ।
उपत्यकामा दैनिक १७ करोड लिटर खानेपानी वितरण गर्ने उद्देश्यसहित आर्थिक वर्ष २०५५–५६ बाट यो आयोजना निर्माण शुरु गरिएको थियो । आयोजनामा अहिलेसम्म रु. ३० अर्बभन्दा बढी खर्च भइसकेको छ ।
प्रकाशित मिति: बिहीबार, असार १८, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय