पार्टीभित्र देखिएको विवाद समाधानका लागि नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्प कमल दाहाल प्रचण्डबीच छलफल भएको छ । प्रधानमन्त्री निबास बालुवाटारमा आइतबार दिउँसो भएको छलफलमा प्रधानमन्त्री ओलीका तर्फबाट सचिवालय सदस्य ईश्वर पोखरेल, महासचिव विष्णु पौडेल, स्थायी समिति सदस्य शंकर पोखरेल र प्रचण्ड समूहका तर्फबाट नेताहरु वर्षमान पुन र जनार्दन शर्मा सहभागी थिए ।
https://www.facebook.com/himaldainik/videos/195084248592214/?t=2
पार्टीभित्र प्रधानमन्त्रीको राजीनामा मागसहित विवाद चर्किएका बेला दुई अध्यक्षले सहयोगी नेताहरुसहित वार्ता छलफल गरेको हो । स्थायी कमिटी बैठकमा अधिकांश सदस्यले प्रधानमन्त्री ओलीको राजीनामा मागेपछि विवाद चर्किएको थियो । विवादले चरम रुप लिएपछि शीर्ष तहमा छलफल भइरहेको छ । विवाद समाधानका लागि भन्दै नेकपा स्थायी कमिटी बैठक पनि सोमबारसम्मका लागि स्थगीत गरिएको छ ।
प्रकाशित मिति: बिहीबार, असार १८, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय