पार्टीभित्र उत्पन्न विवाद समाधानको सम्भावना नदेखेर मन्त्रिमण्डलका सदस्यहरुलाई कित्ता क्लियर गर्न निर्देशन दिएका प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष केपी शर्मा ओलीले आफ्ना विश्वासपात्र सुवासचन्द्र नेम्वाङलाई विपक्षी दलको नेतासँग वार्ताका लागि पठाएका छन्।
पछिल्लो समय पार्र्टी स्थायी कमिटी बैठकका अधिकांश सदस्यहरुले सरकार र पार्टीको नेतृत्व लिएर दुबैको संचालनमा असफल भएको भन्दै दुबै पद छाड्न चर्को दबाब झेल्दै आएका नेकपा अध्यक्ष एवं प्रधानमन्त्री ओलीले आइतबार बिहान पार्टी नेता नेम्वाङलाई प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग वार्ताका लागि पठाएका थिए।
सभापति देउवा निकट स्रोतका अनुसार, आइतबार बिहान नेकपा संसदीय दलका उपनेता नेम्वाङ देउवालाई भेट्न बुढानिलकण्ठस्थित देउवा निवासमा पुगेका थिए।
उक्त भेटवार्ताका क्रममा कांग्रेस नेता मीनेन्द्रप्रसाद रिजालसमेत उपस्थित रहेका थिए।
सभापति देउवा र नेम्वाङबीच भएको वार्ताको विषयमा कुनै औपचारिक जानकारी भने बाहिर ल्याइएको छैन।
शनिबार साँझमात्रै प्रधानमन्त्री ओेलीले राष्ट्रपति विद्यादेवी भण्डारीलाई शीतल निवासमा पौने २ घण्टा भेटवार्ता गरी फर्किए लगत्तै मन्त्रिपरिषदका सदस्यहरुलाई बालुवाटारमा बोलाएर पार्टीका ‘केही हुल्लड’ स्थायी कमिटी सदस्यहरुले आफूलाई मात्र नेतृत्वबाट नहटाएर राष्ट्रपतिलाई पनि महाभियोग लगाउने तयारी गरिरहेको आरोप लगाउँदै अब मन्त्रीहरुले आफ्नो नेतृत्व स्वीकार्ने कि अर्को पक्षको कित्ता क्लियर गर्न निर्र्देशन दिएका थिए।
सत्तारुढ नेकपा पार्टी अत्यन्त कठिन मोडमा पुगेको बताउँदै आफू जुनसुकै चुनौतिको सामना गर्न पनि तयार रहेको पनि प्रधानमन्त्री ओलीले बताएका थिए।
यसका बाबजूद पनि पार्टीका कतिपय नेताहरुले नेकपाभित्रको विवादलाई समाधानको लागि आन्तरिक गृहकार्य गरिरहेका छन्।
प्रधानमन्त्री ओलीले असन्तुष्ट पक्षले राष्ट्रपतिविरुद्ध महाभियोग प्रस्ताव दर्ता गर्ने तयारी गरिरहेको आरोप लगाएपछि आइतबार बिहानै नेकपा द्वितीय अध्यक्ष पुष्पकमल दाहाल, नेताद्य माधवकुमार नेपाल र झलनाथ खनाल शीतल निवास पुगेर आफूहरुले राष्ट्रपतिको विषयमा कुनै त्यस्तो गतिविधि नगरेको भन्दै प्रधानमन्त्री ओलीले लगाएको आरोपको खण्डन गरेका थिए।
सभापति देउवा निकट स्रोतका अनुसार, आइतबार बिहान नेकपा संसदीय दलका उपनेता नेम्वाङ देउवालाई भेट्न बुढानिलकण्ठस्थित देउवा निवासमा पुगेका थिए।
उक्त भेटवार्ताका क्रममा कांग्रेस नेता मीनेन्द्रप्रसाद रिजालसमेत उपस्थित रहेका थिए।
प्रकाशित मिति: बिहीबार, असार १८, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय