नेपाल कम्युनिष्ट पार्टीका दुई अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल 'प्रचण्ड'बीच वार्ता सुरु भएको छ। सत्तारुढ दल नेकपा भित्र चर्किएको विवाद समाधान गर्न दुई अधयक्ष बीच निर्णायक वार्ता प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको हो। यस अघि अध्यक्ष प्रचण्ड बरिष्ठ नेता झलनाथ खनाल र माधब कुमार नेपाल सहित राष्ट्रपति बिद्या देवी भण्डारीलाई भेट्न शितल निवास पुगेका थिए।
उनि राष्ट्रपतिसंग छलफल गरेर अहिले बालुवाटारमा पुगेका हुन। छलफलमा ओली र दाहालसहित अन्य चार नेता पनि सहभागी छन्। ओलीका तर्फबाट महासचिब पौडेल र प्रदेश नम्बर ५ का मुख्यमन्त्री शंखर पोख्रेल र प्रचण्डका तर्फबाट उर्जामन्त्री बर्षमान पुन र जनार्दन शर्मा छलफलमा सहभागी छन्। अध्यक्ष प्रचण्डले ओलीले प्रधानमन्त्री र अध्यक्ष पदबाट राजिनामा दिनु पर्ने माग गरेपछि नेकपा भित्र विवाद चर्किएको थियो। भोलि हुने स्थायी कमिटिको बैठक अघि नै दुई अध्यक्षहरुलाई सहमति जुटाउन समय दिइएको थियो।
प्रकाशित मिति: बिहीबार, असार १८, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय