हिमाल दैनिक
नेपाल कम्युनिष्ट पार्टीका शिर्ष नेताहरु राष्ट्रपतिसंग भेट वार्ता गरेका छन्। आइतबार बिहान नेकपाका अध्यक्ष पुष्प कमल दाहाल 'प्रचण्ड', बरिष्ठ नेता माधब कुमार नेपाल र झलनाथ खनाल राष्ट्रपति बिधाय देवी भण्डारीलाई भेट्न शितल निवास पुगेका हुन्। प्रधानमन्त्रीले हिजो मन्त्रीहरुलाई राष्ट्रपतिमाथि महाअभियोग लगाउने षडयन्त्र भईराखेको भन्ने अभिव्यक्ति बारे छलफल गर्न यी तीन शिर्ष नेता हरु शितल निवास पुगेको बताइएको छ। सत्तारुढ दल नेकपा भित्रको विवाद चर्किदै गएपछि पछिल्लो समय नेकपाका अधयक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली देखि अन्य शिर्ष नेताहरु राष्ट्रपतिको विचार परामर्श गर्दै अघि बढेको देखिएको छ। पार्टीलाई बिभाजन तर्फ लैजाने वा अन्य कुनै उपायबाट विवाद मिलाउने भन्ने बिषयमा शिर्ष नेताहरुलाई राष्ट्रपतिको विचार बिमर्श पछिल्लो समय निकै महत्व साथ लिइएको देखिएको छ। यसअघि हिजो मात्र प्रधानमन्त्री ओली पनि साँझ राष्ट्रपतिलाई भेट्न शितल निवास पुगेका थिए। करिब सवा घन्टा राष्ट्रपतिसंग प्रधानमन्त्री ओलीले भेट वार्ता गरेका थिए। शितल निवास बाट फर्किए पछि उनले सबै मन्त्रीहरुलाई तत्काल बालुवाटार डांकेका थिए। उनीले मन्त्रीहरुलाई पूर्व एमाले र माओवादी बिचको एकता जटिल मोडमा पुगेको बताउदै सोचीविचारी कदम चाल्नु र निर्णय लिन आग्रह गरेको एक मन्त्रीले बताए। यो आन्तरिक कलह जारी रहेमा पार्टी विभाजन हुन सक्ने बताउँदै त्यस्तो अवस्थामा आफ्नो कित्ता कता हो स्पष्ट पारेर अर्को बैठकमा आउन भन्दै बालुवाटारबाट पठाएको उनले बताए।
प्रकाशित मिति: बिहीबार, असार १८, २०७७
प्रतिक्रिया दिनुहोस्
Weather Update