हिमाल दैनिक
प्रधानमन्त्री केपी शर्मा ओलीले तत्कालीन नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच भएको एकता जटिल मोडमा पुगेको बताएका छन् । शनिबार राति सरकारी निवास बालुवाटारमा मन्त्री र राज्यमन्त्रीसँग परामर्श गर्दै उनले यस्तो बताएका हुन् । उनले सोचीविचारी कदम चाल्नु र निर्णय लिन पनि मन्त्रीहरुलाई आग्रह गरेको एक मन्त्रीले जानकारी दिए । त्यसअघि प्रधानमन्त्री ओली राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट गर्न शीतल निवास पुगेका थिए ।
प्रकाशित मिति: बुधबार, असार १७, २०७७
प्रतिक्रिया दिनुहोस्
Weather Update