नेपाली कांग्रेसको भातृ संस्था नेपाल तरुण दलले पार्टीका संस्थापक नेता बी.पी. कोइरालाको ३८औं स्मृति दिवस साप्ताहिक रुपमा रचनात्मक कार्यक्रमगरी देशभरी मनाउने निर्णय गरेको छ।
श्रावण ६ गते पर्ने स्मृति दिवसको पूर्वसन्ध्यामा तरुण दल अध्यक्ष जितजंग बस्नेतको नेतृत्वमा रहको केन्द्रीय समितिले साप्ताहिक रुपमा श्रजनतात्मक कार्यगरी गरी मनाउन देशभरीका जिल्ला समिति र स्थानीय तहका संरचनालाई परिपत्र गरेको छ।
अध्यक्ष बस्नेतले जारी गरेको परिपत्र अनुसार, वी.पी. स्मृति दिवस मनाउन पार्टीको जिल्ला समितिले मनाउने कार्यक्रममा सहभागी हुन तरुणहरुलाई निर्देशन दिएको छ।
साथै वी.पी. स्मृति दिवस वृक्षारोपण, सरसफाई, रक्तदान, फलफुल वितरण, अन्तरक्रिया जस्ता रचनात्मक र सृजनात्मक कार्यक्रमहरु गरी साप्ताहिक रुपमा मनाउनेदेखि कोभिड–१९ को प्रभावित जिल्लामा भएका क्वारेन्टाइनहरुमा सरसफाई, शुद्ध खानेपानी वितरण जस्ता कार्यहरु गर्ने÷गराउने र यस सम्बन्धि सचेतना फैलाउने गतिविधिमा सक्रिय सहभागीता जनाउन पनि परिपत्र गरेको छ।
स्थानीय प्रशासन एवं निकायहरु संग समन्वय गरी बाढी पहिरो प्रभावित जिल्लाका साथीहरुले बाढी पहिरो पिडित जनताहरुलाई सहायता वितरण, उद्धार र पुनःस्थापनामा कृयाशील रहने तथा कोभिड–१९ बाट बच्न अपनाउनु पर्ने सजगता, प्राकृतिक विपद र जोखिम व्यवस्थापनको सम्बन्धमा समुदायहरुमा सचेतनामुलक कार्यक्रमहरु गर्न पनि कार्यकर्तालाई निर्देशन दिइएको छ।
जिल्लादेखि स्थानीय तहसम्मका समितिलाई कार्यक्रम गरेपछिको जानकारी समेटेर तयार पारिएको प्रतिवेदन केन्द्रमा पठाउन जिल्ला समितिलाई निर्देशन दिएको छ।
प्रकाशित मिति: शुक्रबार, असार २६, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय