हिमाल दैनिक
बाढी पहिरो पीडितहरुलाई तत्काल उद्धार गर्न प्रधानमन्त्रीको निर्देशन
deuba-oli-chalfal
प्रधानमन्त्री केपी शर्मा ओलीले बाढी पहिरो पीडितहरुलाई तत्काल उद्धार गर्न निर्देशन दिएका छन् । बालुवाटारमा शनिबार बसेको राष्ट्रिय बिपत जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणको बैठकमा प्रधानमन्त्री ओलीले केहि दिन लगातार बर्षा हुन सक्ने र त्यसबाट बाढि पहिरोको जोखिम कायम रहेको भन्दै बाढी पहिरो पीडितहरुलाई तत्काल उद्धार गर्न निर्देशन दिएका हुन् । प्रधानमन्त्री ओलीले विपद जोखिम न्यूनिकरण तथा व्यवस्थापन तथा पुनसर््थापनाका २४ घण्टा तयार रहन पनि निर्देशन दिए । उनले बिपत जोखिम न्युनिकरण तथा व्यवस्थापनका लागि आवश्यक आर्थिक स्रोत तथा जनशक्ति पूर्ति गरि तयार रहन निर्देशन दिएको प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले जानकारी दिए । बाढी पहिरोका घटनाहरु बढिरहेको अवस्थामा तत्काल उद्धार, राहत र पुनस्र्थापनाका विषयमा बैठकमा छलफल भएको र प्राकृतिक विपदबाट पीडितहरुलाई तत्काल उद्धार गरी विद्यालय भवन वा सार्वजनिक भवनहरुमा पुनस्र्थापना गर्नुपर्नेमा जोड दिइएको उनले बताए । छलफलमा प्रधानमन्त्री केपी शर्मा ओली, विपक्षी दलका नेता शेरबहादुर देउवा लगायत विभिन्न मन्त्रालयका मन्त्रीहरु र सुरक्षा निकायका प्रमुखहरुको सहभागिता रहेको थियो । गृहमन्त्रालय अन्तरर्गतको राष्ट्रिय आपतकालीन कार्य सञ्चालन केन्द्रको तथ्याङ्कअनुसार शुक्रबार बाढी र पहिरोबाट ८ जिल्ला प्रभावित भएका छन् ।
प्रकाशित मिति: बुधबार, असार २४, २०७७
प्रतिक्रिया दिनुहोस्
Weather Update