गृहमन्त्री रामबहादुर थापाले बाढी पहिरोको जोखिम अनुसार तयारी बढाउन र सुरक्षा निकायलाई उच्च शतर्कता रहन निर्देशन दिएका छन् । सिंहदरबारमा बिहीबार बसेको राष्ट्रिय विपद जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणको आकस्मिक बैठकले केहि दिन भारी बर्षा हुने र बाढी पहिरोको उच्चजोखिम देखिएको भन्दै उच्च शतर्कता रहन निर्देशन दिएका हुन् ।
https://www.facebook.com/1932446750307307/videos/1378510185665437
यो बर्ष जेष्ठदेखि नै बर्षा भइरहेकाले मध्यबर्षाले ठूलै संकट आउन सक्ने आकंलन प्राधिकरणले गरेको छ । गृहमन्त्री थापाले जनताको जिउ धनको सुरक्षा गर्न चुनौती खडा भएको सम्पूर्ण तयारीका साथ बस्नुपर्ने पनि धारणा राखे । केन्द्रको कार्यसमिति लगाएत सम्बन्ध सवै संस्था र बिभागहरु २४ घण्टा नै सतर्क बस्नुपर्ने भन्दै उनले घटना घट्नासाथ तुरुन्तै परिचालन हुनुपर्ने र यसका लागि स्थानीय तहमा रहेका संरचना पनि निर्माण भएको जानकारी दिए ।
बैठकमा प्राधिकरणका प्रतिनिधिहरुले बर्षाले पार्न सक्ने जोखिमका बारेमा जानकारी गराएका थिए । सिन्धुपाल्चोकका विभिन्न ठाउँमा गएको बाढी पहिरोले ठूलो जनधनको क्षति भएपछि आकस्मिक रुपमा प्राधिकरणको बैठक बसेको हो ।
प्रकाशित मिति: सोमबार, असार २२, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय