हिमाल दैनिक
प्रम ओलीको अयोध्याबारे ‘उट्पट्याङ’ पूर्व राजा ज्ञानेन्द्रलाई पनि पचेन!
king-gyanendra-shah
प्रधानमन्त्री केपी शर्मा ओलीले राम जन्मभूमि अयोध्याको विषयमा दिएको अभिव्यक्तिप्रति पूर्वराजा ज्ञानेन्द्र शाहलाई पनि चित्त बुझेनछ। सोमबार भानु जयन्तीको अवसरमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री ओलीले उत्तरप्रदेशमा रहेको अयोध्या वास्तविक अयोध्या नभई यो नेपालको वीरगञ्जबाट पश्चिमपट्टि ठोरीमा पर्ने बताएपछि ओलीको अभिव्यक्तिलाई ‘उट्पट्याङ’ र पदिय मर्यादासँगै कुटनीतिक मर्यादा विपरितको अभिव्यक्ति भन्दै देशभित्र उनैको दलका नेतादेखि विपक्षी दलका नेता, कार्यकर्ता मात्र होइन भारतीय राजनीतिकर्मी र धर्मगुरुहरुले समेत आपत्ति जनाएका थिए। ओलीको सोही अभिव्यक्तिप्रति लक्षित गर्दै पूर्व राजा ज्ञानेन्द्रले आफ्नो ट्वीटरमार्फत ओेलीको नाम नलिइकनै विमति जनाएका छन्। साथै उनले धार्मिक वा सांस्कृतिक पात्र वा स्थानको आफ्नै महत्व र विश्वास हुने बताउँदै सयौं वर्ष लगाएर बनेका यस्ता विश्वास र महत्वलाई खल्बल्याउने कार्य कसैले गर्नु उचित नभएको बताएका छन्। उनले कुनै विषयमा चित्त बुझेको छैन भने त्यस्ता विषय कुटनीतिक माध्यमबाट समाधान खोज्न सुझाउँदै अनर्गल प्रचारवाजीले समस्याको गाँठो झन बल्झाउन सक्ने खतरा औँल्याएका छन्। https://twitter.com/GBBShah/status/1283090447917740032 उनले भनेका छन्, ‘धार्मिक वा साँस्कृतिक पात्र वा स्थानका आफ्नै महत्व र विश्वास हुन्छन्। सयौं वर्ष लागेर बनेका यस्ता विश्वास र महत्वलाई खल्बल्याउनु किमार्थ उचित हुन्न। चित्त नबुझेका कुराहरू कुटनीतिक पहलबाट सुल्झाउनु पर्छ। अनर्गल प्रचारबाजीले समस्याको जालो झन् कठीन गाँठो बन्न सक्छ।’
प्रकाशित मिति: आइतबार, असार २८, २०७७
प्रतिक्रिया दिनुहोस्
Weather Update