हिमाल दैनिक
नेकपा स्थायी कमिटीको बैठक साउन १३ गतेसम्म स्थगित
nekapa-sthayi-samiti
पटक–पटक स्थगित हुँदै आएको नेकपाको स्थायी कमिटी बैठक मंगलबार केहिबेर बसेर एकसाताका लागि स्थगित गरिएको छ । मंगलबार बालुवाटारमा बसेको बैठकले बाढी पहिरोबाट प्रभावित बनेकाहरुको उद्धार र राहतमा खटिने निर्णय गर्दै बैठक साउन १३ गतेसम्मका लागि स्थगित गरिएको नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । बैठकले राहत र उद्धारमा गम्भीरतापूर्वम लाग्न सरकारको ध्यानाकर्षण गराउने निर्णय पनि गरेको छ । बाढि पहिरोमा परेकाहरुको राहत र उद्धारका लागि स्वयंसेवी रुपमा जुट्न पार्टीका नेता कार्यकर्ताहरुलाई पनि निर्देशन दिएको प्रवक्ता नारायण्काजी श्रेष्ठले जानकारी दिए । उनले बैठकमा अन्य बिषयमा केहि छलफल नभएको र पार्टीको आन्तरिक बिषयमा आगामी बैठकमा छलफल हुने बताए । बैठकमा व्यस्तताका कारण प्रधानमन्त्री केपी शर्मा ओली भने उपस्थित नभएको प्रवक्ता श्रेष्ठले जानकारी दिए । पार्टीको विवाद समाधानका लागि मंगलबार नै नेकपा अध्यक्षद्वय केपी ओली र पुष्प कमल दाहालप्रचण्डबीच छलफल भएको थियो । ओली र प्रचण्डबीच पटक पटक छलफल भएपनि नेकपाभित्रको विवाद भने कम भएको छैन । ओलीले मंसिरमा महाधिवेशन गर्ने प्रस्ताव गरेपछि नेकपाको विवाद थप चुलिएको छ । नेकपा स्थायी कमिटी असार १० गते सुरु भएको थियो ।
प्रकाशित मिति: सोमबार, साउन ५, २०७७
प्रतिक्रिया दिनुहोस्
Weather Update