हिमाल दैनिक
नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले कांग्रेसले अव सिद्धान्तमा बहस गर्नुपर्ने बेला आएको बताएका छन् । ३८ औं बिपी जयन्तीका अवसरमा नेपाल बिद्यार्थी संघ केन्द्रिय समितिले मंगलबार बिपी संग्राहलय सुन्दरीजलमा गरेको बृक्षारोपण कार्यक्रममा पौडेलले समाजको असमानता र जातिय भेदभाव अन्त्य गर्न पनि सिद्धान्तमा बहस गर्नुपर्ने बताएका हुन् । उनले कम्युनिष्ट सरकार दुई तिहाईको हुँदा पनि समानता र भेदभाव अन्त्य हुन नसकेको आरोप पनि लगाए । बरिष्ठ नेता पौडेलले कांग्रेस नेतृत्व नबोल्दा पार्टी नै कमजोर भएको टिप्पणी गरे । अहिलेको अवस्थामा कांग्रेस एक भएर जनतामाझ जानुपर्ने उनको भनाई छ । उनले बिपीको बिचार अहिलेपनि समय सान्दर्भिक रहेको भन्दै यसलाई सिद्धान्तकै रुपमा अघि बढाउनुपर्ने बताए । कार्यक्रममा कांग्रेस सहमहामन्त्री प्रकाशशरण महत्तले पार्टीलाई सहमति अनुसार नै अघि बढाउनुपर्ने बताए । बिपीको मेलमिलापको नीतिलाई पार्टीले अनुशरण गर्नुपर्ने उनको भनाई छ । त्यस्तै नेविसंघ महामन्त्री मनोज बैद्यले महामानव बिपीको बिचारलाई अनुशरण गरेर अघि बढे जिवन र पार्टी अघि बढ्ने बताए । कार्यक्रममा पौडेल, महत्त लगाएत नेविसंघका नेता तथा बिद्यार्थीका साथै सर्वसाधारणले बिपी संग्राहलय सुन्दरीजलमा ३८ वटा रुखका विरुवा रोपेका थिए ।
प्रकाशित मिति: सोमबार, साउन ५, २०७७
प्रतिक्रिया दिनुहोस्
Weather Update