हिमाल दैनिक
नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले बीपी कोइराला नै आधुनिक र लोकतान्त्रिक नेपालका निर्माता भएको दाबी गरेका छन्। ३८ औं बीपी स्मृति दिवसका सन्दर्भमा नेपाली जनसम्पर्क समिति अमेरिकाले गरेको ‘बीपी बिचार र आजको राजनीतिक सन्दर्भ’ बिषयक कार्यक्रमलाई सम्बोधन गर्दै उपसभापति निधिले पृथ्वीनारायण शाहले भौगोलिक रुपमा गरेको नेपाल एकीकरणलाई राणाबाट मुक्त गराएर बीपीले नै लोकतान्त्रिक राज्य बनाएको बताए। पृथ्वीनारायण शाहले भौगोलिक रुपमा नेपाल एकीकरण गरी सिंगो देश बनाएको भए पनि नेपाल राष्ट हुन नसकेको बताउँदै उनले बीपीको विचारको कम्युनिष्टहरुले बिरोध गरेको स्मरण गरे। जनताको सामूहिक भाबना नभएसम्म राष्ट हुदैन भन्दै प्रष्ट विचारका बीपीमा राष्ट्रियताको कुरा गर्दा पहिलो र अन्तिम शर्त भनेकै जनता हुन् भन्ने दृढ मान्यता रहेको निधिले बताए। उनले कांग्रेसको अगुवाईमा स्थापना भएको प्रजातन्त्र जनवादी केन्द्रीयतामा विश्वास गर्ने कम्युनिष्टहरुका कारण संकटमा परेको बताए। तर, त्यो संकटबाट पार लगाउने काम पनि कांग्रेसले नै गर्ने निधिको दाबी छ। कम्युनिष्ट, राजावादी र संघीयता विरोधी चित्रबहादुर केसीलाई कांग्रेसले नै लोकतन्त्रको पक्षमा ल्याएको उनको दाबी थियो। अहिले जनताको जीवनमा कोरोनाले संकट ल्याए जस्तै नेपालको लोकतन्त्रमाथि सरकारका कारण संकट आएको निधिको भनाई थियो। लोकतन्त्रमाथि आइपरेको संकट निवारण गर्न बीपीका विचारलाई कांग्रेसले सुझबुझका साथ अघि बढाउनु पर्नेमा उनले जोड दिए। आगामी फागुनमा हुने कांग्रेसको महाधिबेशन लगत्तै हुने निर्बाचनमा कांग्रेसका पक्षमा मत दिएर कम्युनिष्ट तानाशाही व्यबस्थाबाट मुलुकलाई जोगाउन उनले देश विदेशमा रहेका लोकतन्त्रबादीहरुलाई आह्वान पनि गरे। नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं जनसम्पर्क समन्वय समितिका संयोजक गोविन्द भट्टराईले राणा शासनबाट मुक्त गराएर आधुनिक नेपालको शुरुवात बीपीले नै गरेको स्मरण गराए।
प्रकाशित मिति: मंगलबार, साउन ६, २०७७
प्रतिक्रिया दिनुहोस्
Weather Update