सत्तारुढ दल नेकपाका नेता एवं प्रदेश नं. ५ का मुख्यमन्त्री शंकर पाेखरेलले कालापानी क्षेत्रकाे सीमा विवाद पुरानै भएकाे बताएका छन्। शनिबार सामाजिक सञ्जाल फेसबुकमा उनले नेकपा अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'लाई कटाक्ष गर्दै प्रधानमन्त्री हुँदा नक्साको कुरा थाहा नहुनेले मैले हो भन्न कसरी सकेको? भन्दै प्रश्न गरे।
मुख्यमन्त्री पाेखरेलले लेखेका छन्, 'कालापानी क्षेत्रको सीमा विवाद पुरानै हो। आफू प्रधानमन्त्री हुँदा नक्साको कुरा था नपाउनेले अहिले उहाँले होइन मैले हो भन्न कसरी सकेको?'
यसअघि शुक्रबार पुष्पलाल स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रममा प्रचण्डले नक्सामा ओलीले एकल जस लिएको प्रति आपत्ति जनाएका थिए। गत मंसिर-पुसमा बसेको स्थायी कमिटी बैठकेदेखि माघमा बसेको केन्द्रीय कमिटी बैठकले पनि नक्सा प्रकाशित गर्न गरेको निर्णयलाई सरकारले अटेर गरेको र जेठ २ गते नीति तथा कार्यक्रमअघि बसेको सचिवालय बैठकबाट मुख्य सचिवलाई फोन गरेर सो विषय थप्न लगाइएको उनले बताएका थिए।
'पार्टीको सामूहिक निर्णयबाट पारित विषयलाई आफ्नो खल्तीमा हाल्ने प्रयास भयो भने त्यो इमान्दार प्रयास हुनसक्दैन। त्यहाँ दिग्भ्रम हुन्छ', उनले अगाडि भने, 'समयमै नक्सा प्रकाशित गर्नुपर्छ भनेर निर्णय गराउनेहरु राष्ट्रघाती दलाल, जसले प्रकाशित गर्न यति महिना ढिलो गर्यो, उसैको देवत्वकरण? त्यो हुनसक्दैन।'
प्रकाशित मिति: शुक्रबार, साउन ९, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय