नेपाली कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्काले वर्तमान सरकारले जनतामा निराशामात्र फैलाएको आरोप लगाउँदै कांग्रेस जनताको साथमा उभिएर भरोसा जगाउनु पर्ने बताएका छन्।
कांग्रेस तरुण बिभागले शनिबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा खड्काले नेकपा अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारको गतिविधिका कारण आन्दोलनको उपलब्धीका रुपमा रहेको लोकतन्त्रिक शासन व्यवस्था मात्रै नभएर सिंगो देशको राष्ट्रिय अखण्डता नै खतरामा परेको आरोप लगाए।
उनले सरकारको मुलुकबिरोधी कामको विरुद्धमा कांग्रेस एक भएर उभिनुपर्नेमा जोड दिए।
उनले अब पनि जनतामा कांग्रेसप्रतिको विश्वास जगाउन नसके मुलुकको अस्थित्व नै संकटमा पर्ने खतरा भएको बताए।
खड्काले पार्टीको मेरुदण्डको रुपमा आफ्ना अभियानलाई अघि बढाउन तरुण विभागलाई निर्देशन दिए।
पार्टी कन्द्रीय सदस्य शंकर भण्डारीको संयोजकत्वमा गठित तरुण बिभागले बिदेशबाट फर्केका युवाहरुलाई आर्यआर्जन तथा रोजगारी सिर्जनाका कार्यमा लाग्न सहयोग गर्ने कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको छ।
त्यस्तै सरकारका अलोकतान्त्रिक तथा गैरजिम्मेवार कार्यका बिरुद्धमा आगामी दिनमा थप शसक्त रुपमा प्रस्तुत हुने निर्णय पनि तरुण बिभागले गरेको छ।
प्रकाशित मिति: शुक्रबार, साउन ९, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय