Phone: +977 - 9841338823
Email: himaldainik17@gmail.com
Connect with us:
alt
नेपाली कांग्रेसमा महाधिवेशन सम्पन्न भएको करिब २६ महिनापछि सभापति शेरबहादुर देउवाले उपसभापति, महामन्त्री र सहमहामन्त्रीमा क्रमशः विमलेन्द्र निधि, पूर्णबहादुर खड्का र प्रकाशशरण महतलाई चयन गरेका छन्। पार्टीभित्र सहमतिको प्रयास विफल…
alt
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले निर्वाचनको समिक्षा बैठकको निर्णय अल्पमत र बहुमतका आधारमा भएको आरोप लगाएपछि पार्टीभित्र मात्रै नभई स्वयं उनैले नेतृत्व गर्दै आएको समूहभित्रै पनि थप विवाद बल्झिने…
alt
आजको नेपाली समाजमा खेतीमा मनसुन र अरु क्षेत्रमा भनसुनकै दबदबा छ। हरेक क्षेत्रमा राजनीतिक नेतृत्व अथवा पहुँचवालाको भनसुनवीना कहि केही हुँदैन। तर आजभन्दा झण्डै चार दशक अगाडि नेपाली कांग्रेसका नेता…
alt
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिले कार्यान्वयनमा रहेको सम्पत्ति शुद्धिकरण (मनी लाउन्डरिङ्ग) निवारण ऐन २०६४ अनुचित रहेको भन्दै त्यसमा संशोधन गर्ने अभिव्यक्ति दिएपछि विवादमा तानिएका छन्। नयाँ जनादेशका आधारमा…
alt
संविधान बमोजिम सफलता पूर्वक प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन सम्पन्न भएसँगै जनतामा पलाएको आशाको दियोेमा राष्ट्रियसभा गठन सम्बन्धी अध्यादेश र प्रदेश प्रमुखको नियुक्तिबारे एमालेको दबाबमा राष्ट्रपति र सरकारबीचको बिबादले प्रभावित…
alt
आध्यात्मिक चिन्तकमाझ मध्यपश्चिम क्षेत्रको प्यूठान जिल्ला स्वर्गद्धारी महाप्रभुको जिल्लाका रुपमा परिचित छ। त्यसबाहेक विगतका चुनावदेखि हालै सम्पन्न स्थानीय तह निर्वाचन परिणामलाई हेर्ने हो भने योे जिल्ला वामपन्थी राजनीतिक दल र…
alt
प्रधानमन्त्री तथा नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा हतारोमा थिए तर मुहारमा प्रसन्नता थियो । वाकपटुता देउवाको शक्ति आधार होइन । उनी छोटो र सूत्रमा कुरा गर्न रुचाउँछन्, गिरिजाप्रसाद कोइरालाझैं ।…
alt
पहिलो चरणको निर्वाचन पनि सकिसकेको छ । दोस्रो चरणको निर्वाचन अबको केही दिनभित्रै हुँदैछ । नेपाली कांग्रेसले आफ्नो चुनावी अभियान र रणनीतिलाई कसरी अगाडी बढाउँदैछ ? नेपाली कांग्रेसका सभापति, वरिष्ठ…
alt
पञ्चायती निरंकुश व्यवस्थाको विरुद्ध कांग्रेसले चलाएको प्रजातान्त्रिक आन्दोलन र संघर्षमा जीवन आहुती दिएका शहिद सरोज कोइरालादेखि कांग्रेसकै तत्कालिन महामन्त्री महेन्द्रनारायण निधिको कर्मथलो धनुषाधाम सँधै चर्चाको शिखरमा रह्यो। चाहे पञ्चायत विरुद्धको…
alt
आम्बेगुदिन ताप्लेजुङ जन्मनु भएका देउमान थेवे २०३९ सालदेखि कुमरखोद झापालाई कर्मथलो बनाएर राजनीतिलाई निरन्तरता दिंदै आउनुभएको छ । प्रतिनिधिसभा सदस्यको निर्वाचनमा झापा क्षेत्र नम्बर ४मा नेपाली कांग्रेसको उम्मेदवार रहनुभएका थेवेअहिले मतदातालाई घरघरमा पुगेर भेटिरहनुभएको छ । आदिबासी जनजाती समुदायको बाहुल्यता रहेको सो क्षेत्रमा उहाँले आफ्नो उम्मेदवारीको औचित्य, लक्ष्य र चुनावी एजेन्डाको बारेमा धेरै मतदातालाई बुझाई सक्नुभएको छ । सिनाम माविबाट २०३६ सालमा एसएलसी दिनुभएका थेबे सोही सालमा भएको विद्यार्थी आन्दोलनका क्रममा पक्राउ पर्नुभएको थियो ।  २०४१ सालदेखि राजनीति सुरु गर्नुभएका थेवे ०४३ सालमा कुमरखोदमा इतर पक्षबाट प्रधानपञ्चमा उठ्नुभएको थियो ।त्यसबेला ४३ मतले पराजित हुनुभएका उहाँ नेपाली कांग्रेस कुमरखोदको गाउँ उपसभापति बन्नुभयो । आठौँ महाधिवेशनमा क्षेत्रीय सदस्य निर्वाचित हुनुभएका उहाँ २०४९ सालमा कुमरखोद गाविसको अध्यक्षमा निर्वाचित हुनुभयो ।  २०५४ सालमा दोस्रोपटक कुमरखोद गाविस अध्यक्ष बन्नुभएका थेवे नवौँ महाधिवेशनबाट क्षेत्रीय सभापति र पार्टीको जिल्ला सदस्यबन्नुभयो । थेवेले १२औँ महाधिवेशनपछि झापा कांग्रेसको उपसभापतिको जिम्मेवारी कुशलतापूर्वक सम्हाल्नुभएको थियो । १३औँ महाधिवेशनमा उहाँ महासमिति सदस्य निर्वाचित हुनुभएको थियो । पार्टीभित्र विकासप्रेमी, निडर र स्पष्ट वक्ताको छवि बनाउनुभएका थेवे पार्टीको साह्रोगाह्रो पन्छाउने नेताका रुपमा परिचित हुनुहुन्छ ।आदिबासी जनजाति महासंघको केन्द्रीय सदस्यको जिम्मेवारीसमेत सम्हालिसकेका थेवे ‘रिक्स'लिएर काम गर्ने नेताका रुपमास्थापित हुनुहुन्छ। जिल्लामा देखापर्ने विभिन्न खाले समस्यामा जुधेर काम गर्ने स्वभावले थेवेलाई कुशल वार्ताकारका रुपमा चिनाएको छ । जनताका एजेन्डामा सफलता हात पार्ने कौशल भएका थेवेको चुनावी रणनीति र योजनाका बारेमा केन्द्रित रहेर गरिएको  कुराकानीको सम्पादित अंश ः राजनीतिमा तपाईं कसरी प्रवेश गर्नुभयो ? म राजनीतिक परिवारकै सदस्य हुँ । मेरा पिता पनि राजनीति नै गर्नहुन्थ्यो । बुवाले २०१२÷१३ सालदेखि कांग्रेसको राजनीति गर्दै आएको थाहा पाएँ ।१७ सालमा निर्दलीय पञ्चायती व्यवस्थाको आएपछि २१ सालदेखि जनपक्षीय प्रधानपञ्च, जिल्ला विकास समितिकोसदस्य हुँदै बुवाले ताप्लेजुङमा राजनीतिक भूमिका निर्वाह गर्नुभयो । म त्यही परिवारमा हुर्किएँ । मुलुक बदल्न राजनीति गर्नु पर्दोरहेछ भन्ने कुरा मैले त्यतिबेलै बुझेँ ।मैले २०३५÷३६ सालमा विद्यार्थी राजनीति सुरु गरेँ, ताप्लेजुङको सिनाम माविबाट । त्यहाँबाटउत्पादन भएका धेरै विद्यार्थी अहिले राष्ट्रको उपल्लो तहमा पुगेका छन् । मैले पनि त्यही विद्यालयबाट शिक्षा लिएको हुँ ।म सानै उमेरदेखि नेविसंघको राजीनितमा सहभागी थिएँ । झापा झरेपछि कुमरखोदबाट राजनीति सुरु गर्नुभएको तपाईंले अहिले झापा–४ बाट टिकट पाउनुभएको छ । कस्तो छ चुनावी माहोल ? झापामा म जुन ठाउँमा बसेँ, यो ठाउँ (कुमरखोद) कुनै समय जिल्लाको सदरमुकामसमेत थियो ।यहाँ तराई मुलका बासिन्दाको बसोबास बढी छ । यहाँ विभिन्न जातजाति छन् । यहाँ बस्दा मैले सबै जाति, वर्गको भरपूर सहयोग पाएँ ।यहाँ बस्ने मात्र होइन, अरुकोखुशीमा रमाउने, आपतमा सघाउने पनि गरेँ । मैले पार्टीको जिम्मेवारी पनि तल्लो तहबाटै निर्वाह गरेको हुँ । एकैपटक माथि आएको होइन म । शून्यबाटै राजनीति सुरु गरेको हुँ ।२०४९ सालमा मलाई जनताले विश्वास गरेर गाविस अध्यक्ष बनाए । २०५४ मा फेरिदोस्रो पटक गाविस अध्यक्ष भएँ ।  साह्रै माया र प्रेरणा पाएँ मैले आदिबासी समुदायबाट पनि । मैले झापाको दक्षिणी क्षेत्रका बासिन्दाको औधि माया र प्रेरणा पाएको छु । म निरन्तर उहाँहरुका लागि काम गरिरहेको छु । मेरो निर्वाचन क्षेत्रभरका सबै जातजाति,वर्गबाट धेरै माया र स्नेह पाएको छु । लोकतन्त्रलाई विश्वास गर्ने मतदाता धेरै हुनुहुन्छ ।नेपाली कांग्रेस पुरानो पार्टी हो । कांग्रेसको संघर्ष उहाँहरुले राम्ररी बुझ्नुभएको छ । चुनावी माहोल एकदमै राम्रो छ ।मलाई भोट दिएर मतदाताले जिताउनेमा म पूर्ण विश्वस्तछु । तपाईंका प्रतिष्पर्धी १६ हजारभन्दा बढी मतले जित्ने कुरा गर्दै हुनुहुन्छ नि ! उहाँहरु स्थानीय तहको मतपरिणामलाई विश्लेषण गरेर खुशीयाली मनाउँदै हुनुहुन्छ । यसरी गणितीय हिसाबले हेर्ने हो भने त पहिलो संविधानसभाको निर्वाचनमा जसरी माओवादीले देशभर जित्यो, दोस्रो संविधानसभा निर्वाचनमा अरु दलले उम्मेदवारी नदिँदापनि हन्थ्यो नि त ! तर, माओवादीले पहिलो संविधानसभा निर्वाचनमा जसरी देशभर जित्यो, ४ वर्ष नजित्दै परिणाम उल्टियो । त्यसैले म भन्छु– गणितीय हिसावले राजनीतिमा परिणाम निस्कँदैन । म लगभग ३ देखि ५ हजार मतले जित्छु, यो मेरो दाबी हो । तपाईंको निर्वाचन क्षेत्रमा आदिबासीको बाहुल्यता छ । मतदाताले तपाईंलाई नै भोट दिनुपर्ने कारण के छ ? आदिबासी जनजाति मात्र होइन, यहाँ विभिन्न जातजातिको बसोबास छ । जातीय पहिचानभन्दा पनि म समग्र जातजातिलाई विश्वास गर्छु ।म जन्मे–हुर्केको ठाउँमा पनि राई, लिम्बू थिएनन् । हामी ३ घर मात्र राई, लिम्बू थियौँ पहाडमा । अरु सबै क्षेत्री, बाहुन मात्रै ।भट्टराई, डाँगी, बिष्ट, चौहान यस्तै–यस्तै थिए ।त्यो समुदायमा म हुर्किएर जीवनयात्रा सुरु गरेको हुँ । म झापा आएर राजनीतिको कर्मभूमि बनाएको ठाउँमा चाहिँ सबै तराईबासी छन् ।राजवंशी, गनगाईं, सतार, कोच, यादव, मुस्लिम, पश्चिमा समूदाय, मारवाडीलगायतको बसोबास छ । मैले सबै जात–जातिबाट माया, प्रेरणा र स्नेह पाएको छु । म विश्वस्त छु उहाँहरुले मलाई नै भोट दिनुहुन्छ । तपाईंको प्रतिस्पर्धीले त आफ्नो प्रतिस्पर्धी नै छैन भन्नुभएको छ नि ! त्यसो भए त उहाँले घरैमा सुतिरहँदा भइहाल्थ्यो नि, होइन र ! अस्ति पत्रकारहरुका माझमा उहाँले जनतालाई ३ तले घरमा बसेर सुनको थालमा खिर खाने बनाउँछु भन्नुभयो । अहिलेको २१ औँ शताब्दीमा त्यसरी झुक्याउँदा जनता झुक्किन्छन् ? जनतालाई ३ तलेघर, त्यस घरको छतमा बसेर सुनको थालमा खिर खुवाउनका लागि वामगठबन्धन भएको भनेर बोल्नुभयो, मेरा विपक्षी उम्मेदवारले ।…
alt
आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको मिति नजिकिँदै जाँदा सत्तारूढ दल नेपाली कांग्रेसले जनतामाझ मत माग्नका लागि आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गरेको छ। निर्वाचन पूर्व सबै राजनीतिक दलले घोषणापत्र तयार…
alt
नयाँ संविधानको कार्यान्वयन गर्ने क्रममा मुलुक चुनावमय हुँदैछ। आसन्न निर्वाचनलाई ध्यानमा राखी मुलुकका राजनीतिक शक्तिबीच चर्को ध्रुवीकरण हुँदैछ। तर राजनीति शास्त्रका विद्धान समसामयिक राजनीतिक अध्ययन केन्द्र, नेपालका अध्यक्षसमेत रहेका प्राध्यापक…
alt
बहुदलीय संसदीय प्रजातन्त्रको पुनस्थापना कालदेखि नै तराई मधेस केन्द्रीत सदभावना पार्टीको राजनीतिमा अग्रस्थानमा रहँदै आएका हृदयश त्रिपाठी दोस्रो जनआन्दोलन पश्चात तराई मधेस लोकतान्त्रिक पार्टी (तमलोपा)मा सक्रिय रहेका थिए। दोस्रो संविधानसभा…
alt
पूर्वी चितवनको कुमरोज मध्यवर्ती सामुदायिक वनमा आज बाघको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ । वनमा निउरो टिप्न गएकी अन्दाजी २५ वर्षीया एलु चौधरीको बाघको आक्रमणबाट मृत्यु भएको समुदायमा आधारित…
alt
२०७२ असोज ३ गते संविधान जारी गर्ने क्रममा तत्कालिन राष्ट्रपति रामवरण यादवले संविधानको प्रतिमा जेजसरी ढोगेर बाहिरी दुनियालाई देखाएपनि उनको मनभित्र ठूलो कुण्ठा थियो। जतिबेला संविधानसभाभित्र रहेका राजनीतिक दलका नेताहरुले…
alt
जननिर्वाचित दोस्रो संविधान सभाबाट नयाँ संविधान जारी भएदेखिनै सदन र सडकमा असन्तुष्टिका स्वर उठाउँदै आएको मधेसी मोर्चा अहिले शान्त बनेको छ। कुनै बेला सदन बहिष्कार गर्दै आफूले उठाएका सम्पूर्ण मागहरु…
alt
एकआपसमा मिल्न पनि नसक्ने र एकले अर्कोको अस्थित्व कहिल्यै नस्विकार्ने स्वभाव पञ्चायती पृष्ठभूमिबाट राजनीतिमा उदाएका नेताहरुको पुरानै र साझा रोग हो। प्रजातन्त्रको पुनर्बहाली पछि दरबारको साथ र सहयोगमा राष्ट्रिय प्रजातन्त्र…
alt
मूल्य घटाएर इन्डक्सन चुलो बेचेपछि बिक्री बढेको छ। भारत सरकारले लगाएको अघोषित नाकाबन्दीका बेला चीन सरकारले अनुदान स्वरुप दिएको इन्डक्सन चुलोको मूल्य बढी हुँदा बिक्री हुन नसकेकोमा मूल्य घटाएर बेचेपछि…
alt
धितोपत्र बजारमा आज सेयरको मूल्य सामान्य बिन्दुले बढेको छ। नेपाल स्टक एक्चेन्जका अनुसार नेप्से परिसूचक ४.८ बिन्दुले बढेर एक हजार ५ सय ५९ बिन्दुमा पुगेको छ। लगातार ओरालो लाग्दै आएको…
alt
प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले भर्खरै सम्पन्न भएको दुई चरणका स्थानीय तहको निर्वाचनबाट पाठ सिकेर आगामी निर्वाचन प्रक्रियामा निकै सुधार ल्याइने दृढता व्यक्त गरेका छन्। (more…)
alt
काठमाडौँको गोकर्णेश्वर नगरपालिका–१ रुप्सेटारमा रहेको ‘ओम कृषि फार्म’ मा आगलागी हुँदा ४५ गाई मरेको महानगरीय प्रहरी वृत्त बौद्धले जनाएको छ। आज बिहान करिब ११ बजे विद्युतसर्ट भई लागेको सो आगलागीमा…
alt
काठमाडैं महानगरपालिकाले चालु आर्थिक वर्षको एक महिनामात्र बाँकी रहँदा लक्ष्यभन्दा रु एक करोड ५५ लाख बढी विज्ञापन कर सङ्कलन गरेको छ। चालु वर्षका लागि विनापन करमा रु पाँच करोड लक्ष्य…
alt
  भारतको उत्तरपूर्वी क्षेत्रमा क्रियाशील पर्यटन व्यवसायीले नेपालको पर्यटकीय नगरी पोखरामा भारतीय पर्यटकको आगमन बढाउन सीमा क्षेत्रसँग जोडिएका विमानस्थलमा पोखराबाट सिधा हवाई सम्पर्क हुनुपर्नेमा जोड दिएका छन्। नेपाल पर्यटन बोर्ड,…
alt
पूर्वअर्थमन्त्री एवम् नेपाली काँग्रेसको नेता रामशरण महतले कर फछ्र्यौटको विवाद तत्काल समाधान गर्नुपर्ने बताएका छन् । मंगलबार काठमाडौंको बागबजारस्थित होटेल हार्दिकमा आर्थिक पत्रकार मञ्च–नेपालले आयोजना गरेको ‘कर फछ्र्यौट आयोग: समस्या…

राजनीति

प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराले सरकार र त्यका मन्त्रीहरुको कारण संसदको बैठक निर्धारित समयमा सञ्चालन हुन नसकेको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन्। आफू संसदको बैठक पूर्वनिर्धारित समयमै गराउनेबारे गम्भिर भएपनि समयमै बैठक सुरु नहुनुमा सरकारको सदनमा उपस्थिति नहुँदाको समस्या भएको भन्दै बिहीबारको बैठकमा महराले सरकारको ध्यानाकर्षण गराएका हुन। त्यसैगरी संसदमा जारी सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा […]

बिचार

संविधान लेख्नेक्रममा नै हामीले समाजमा विभेद र शोषण छ भन्ने मान्यता राख्यौँ। त्यसैको आधारमा संविधानमा ३१ वटा मौलिक हकको व्यवस्था गर्यौँ। तीन वर्षभित्र त्यसको कार्यान्वयनका लागि आवश्यक कानुन बनाउँछौ पनि भन्यौँ। अर्थात समाजमा विभेद छ र त्यसको अन्त्य गर्न जरुरी छ। विभेद जातबाट पनि छ, मातृभाषा, भेष, संस्कृति र भूगोलबाट पनि छ भनि संविधानको प्रस्तावनामा […]

प्रवास

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी महिना हुने भनिएको उत्तर कोरियाली नेता किम जोङ–उनसँगको ऐतिहासिक शिखर वार्तामा केही ढिलाईसमेत हुनसक्ने बताउनुभएको छ । उत्तर कोरियाली नेतासँगको ऐतिहासिक शिखर वार्ताका विषयमा छलफल गर्न ह्वाइट हाउसमा पुगेका दक्षिण कोरियाका राष्ट्रपति मून जाइनसँग कुरा गर्दै राष्ट्रपति ट्रम्पले वार्तामा केही ढिलाई हुनसक्ने बताउनुभएको हो । उत्तर कोरियाले निश्चित सर्तहरु पूरा […]

अन्तर्वार्ता

नेपाली कांग्रेसमा महाधिवेशन सम्पन्न भएको करिब २६ महिनापछि सभापति शेरबहादुर देउवाले उपसभापति, महामन्त्री र सहमहामन्त्रीमा क्रमशः विमलेन्द्र निधि, पूर्णबहादुर खड्का र प्रकाशशरण महतलाई चयन गरेका छन्। पार्टीभित्र सहमतिको प्रयास विफल भएपछि देउवाको प्रस्तावलाई निर्वाचित केन्द्रीय सदस्यहरुको बहुमतले अनुमोदन गर्‍यो। असन्तुष्ट पक्षले पदाधिकारी पदपूर्तिको विषयमा भागवण्डा नमिलेपछि विधानको विषय उठाएर विरोध जनाएका छन्। नवनियुक्त उपसभापति निधिले […]

प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी ओलीले अन्तरिम व्यवस्था भएकाले एकीकृत पार्टीको कार्यसमितिमा ३३ प्रतिशत महिलाको संख्या नपुगेको बताएका छन् । नेपाल कम्युनिस्ट पार्टीको बिहीबार बसेको केन्द्रीय समिति बैठकमा अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल । तस्बिर स् कबिन अधिकारी दुई दल मिलेर बनेको ४ सय ४१ सदस्यीय कार्यसमितिमा महिलाको संख्या ३३ प्रतिशत नपुगेको र यो राजनीतिक दलसम्बन्धी […]

लोकप्रिय

सबै वर्ग, क्षेत्र, लिंग र समुदायको हितका पक्षमा काम गर्ने नारा दिँदै आएका दुई वामपन्थी दलको एकतापछि बनेका उक्त पार्टीले दल दर्ता गर्दा नाममा मात्रै विवादित भएको छैन, केन्द्रीय संरचना तय गर्दा समेत आफैँले बनाएका ऐन कानुनको पालना गर्न सकेको छैन। दल दर्ता सम्बन्धी ऐनको दफा ९ बमोजिम कुनै पनि दलको नाम, झण्डा र चुनाव […]